बुद्ध एयरको जहाजमा भेटियो बेवारिसे १० हजार ८ सय अमेरिकी डलर

बैशाख ११, २०७९

भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो । यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको प्रहरी ले जनाएको छ । प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP