बुटवलको सामुदायिक जङ्गलमा एक दम्पतिको शव फेला

बैशाख ११, २०७९

बुटवलको शिवनगर सामुदायिक वनको जंगलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

मृतक दम्पती वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका बुटवल उपमहानगरपालिका वडा नं. ११ का ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

शव नजिकै शिशाका बोत्तल, रक्सीलगायतका वस्तु फेला परेकोले प्रहरीले जनाएको छ ।

मृतकका छोराहरू वैदेशिक रोजगारीमा रहेको र मृतक दम्पती घरमा छोरी तथा बुहारीसँग बस्दै आएका प्रहरीले जनाएको छ ।
घटना बारे अनुसन्धान भइ रहेको प्रहरिले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP