इटहरि/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ४ पिडारीमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १० जना घाइते भएका छन्।
शनिवार चतराबाट झुम्का तिर जानेक्रममा बस पिढारी स्थित पुलमा ढोक्किदा गाडीमा सवार गाडी मालिकको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बस मालिक खडकाको उपचारको क्रममा शनिवार बेलुका ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश १-०२-००१ ख ९५०४ नं.को बस आफै अनियन्त्रित भई चतरा-झुम्का नहरको पिडारी पुलमा ठक्कर खाई दुर्घटना हुँदा गाडी मालिक वराहक्षेत्र नगरपालिका १ चतराका ४० वर्षीय गाडिमालिक सरोज खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक वराहक्षेत्र १ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP