इटहरी/ इटहरीमा विवाह उत्सवमा विवाद हुँदा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु भएको छ । विवाहका लागि भारतबाट आएका १८ वर्षीय आशिषकुमार पटेलको कुटपिटबाट मृत्युु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको हो ।
इटहरी ६ स्थित स्वागत टोलमा विवाह उत्सव हुँदै गरेको क्रममा चोरीको आरोप लगाएर स्थानीय युवकहरूको कुटपिटबाट पटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरिले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका पटेलको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा सङ्गलग्न तीनजनालाई प्रहरिले पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि ज्यान मार्ने कसुरमा मुद्वा दर्ता गर्ने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP