संखुवासभा जिल्लाको प्रवेशद्वार धर्मदेवी नगरपालिकामा नेकपा एमालेले आफ्ना उम्मेदवार चयन गरेको छ। प्रदेश कमिटिले मयेरमा उदय चन्द पौडेल र उप मयेरमा लक्ष्मी गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सलिन र भद्र शोभावका पौडेल बिगत लामो समय देखि राजनीतिमा लागेका र हाल वडा न ५ का वडा अध्यक्ष समेत हुन्। नगरकै नमुना वडाको रुपमा आफ्नो वडा विकास गरेका पौडेलले नगरलाई पनि एक नमुना नगर बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
बिगत लामो समय देखि समाज सेवामा सक्रिय लक्ष्मी गिरीलाई उप मयेरको रुपमा एमालेले उठाएको छ। विविन्न कार्यक्रमहरु लेयेर जनतामा परिचित लक्ष्मी गिरिको उम्मेदवारीले जित सजिलो हुने समेत आकलन गरिएको छ।
संखुवासभा जिल्लामा भने गठबन्धन भएको छैन। एक्ला एक्लै लड्ने निणय गरेर नेपाली कांग्रेस बाहिरिएको हो।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP