माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रवार(आज) देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त परीक्षामा मुलुकभर २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना विद्यार्थीले सहभागी भएका छन् । नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ ले परीक्षा दिँदै छन् । ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन । २९९ ओटा प्राविधिक विद्यालयका १४ हजार ५६४ जना विद्यार्थी पनि सामेल हुँदै छन् ।
कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको उक्त परीक्षाको नतिजा भने साउन महिना अघि नै सार्वजनिक गर्ने तयारी छ । साउन १ गते देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुन्छ । शैक्षिक सत्र २०७६ र २०७७ मा भने बोर्डले विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरेको थियो । यसपालि चाहिँ बोर्डले तयार पारेको प्रश्न पत्रका आधारमा विद्यार्थीले परीक्षा केन्द्र बाट परीक्षा दिँदै छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP