मोरङको बिराटनगर महानगरपालिका-१६ भत्केको वालबाट निषेधित लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका ४ बजे भारतबाट नेपालतर्फ आउदै गरेका सुनसरी दुहबी नगरपालिका-६ का १७ बर्षीय बिक्की सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बिराटनगर-७ का २८ बर्षीय गणेश बि. क. को साथबाट डाईजोपाम ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन १ एम्पुल सहित सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
निषेधित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP