सुनसरीमा मोटरसाइकल नहरमा खस्दा एकको मृत्यु

बैशाख ८, २०७९

सुनसरीको रामधुनी–२ मा बुधवार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी–८ का ४३ वर्षीय धुव्र कुमार चौधरी रहेका छन् । को १७ प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे हसनपुर नहरको पुलबाट खसेका थिए ।


घटनाबारे जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोस्ट झुम्काबाट खटिएको टोलीले चौधरीको शव गए राती साढे ९ बजे नहरबाट निकालेका थिए । शवलाई पोस्टमार्टमका लागी धरानको घोपा स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP