सिरहामा जन्ती बोकेको बस र टिपर आपसमा ठोक्किँदा ३१ जना घाइते 

बैशाख ८, २०७९

सिरहाको गोलबजारमा जन्ती बोकेको बस र टिपर आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको ना ६ ख ८२०१ नम्बर को बस र को १ ख ५४३४ नम्बरको टिपर ठोक्किएको हो । स्थानीयका अनुसार विपरीत दिशाबाट आइरहेको टिपर बसमा ठोकिएपछि दुर्घटना भएको छ ।


दुर्घटनामा दुवैका चालक र बसमा सवार जन्ती गरी ३१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय र प्रहरीले स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा भर्ना गराएका छन् । दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय गोल बजारका इन्स्पेक्टर राजु केसीले जानकारी दिए । सप्तरीबाट महोत्तरीको भङ्गहा फर्किरहेको जन्ती चढेको बस दुर्घटनामा परेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP