ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।
बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । उनका अनुसार प्रहरी उद्धारमा खटिएको छ ।
घटना बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP