गत बुधवार प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो बुधवार को तुलनामा आज बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP