इटहरी / बुधबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । तोलाको ३५ रुपैयाँले घटेर चाँदीको मूल्य १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP