इटहरीकी २१ वर्षीया रेश्माको दुर्घटनामा परी मृत्यु

बैशाख ७, २०७९

इटहरी / मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा इटहरीकी एक युवतीको मृत्यु भएको छ । 

मंगलबार राति करीब ७ बजेको समयमा मोरङको ग्रामथान ७ बजरंगबलीस्थित भित्री ग्राभेल सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प २२०३ नम्बरको मोटरसाइकल पछाडि सवार रहेकी उनले लगाएको लेहङ्गाको सल पछाडिको चक्कामा बेरिएर दुर्घटना भएको हो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा इटहरी ८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको तत्काल उपचारको लागि विराट नर्सिङ अस्पतालमा उपचारका लागि लगिएपनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक प्रहरी चौकी मोराहाङ तेह्रथुम दरबन्दी भइ जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी जवान मोरङ ग्रामथान ७ बस्ने अन्दाजी ३० वर्षीय निरजकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

साथै मोटरसाइकल चालकले टिपरको ठक्करबाट दुर्घटना भएको भन्ने बयानका आधारमा सोही दिशातर्फ जाँदै गरेको प्र १–०२–००१ ख ८१०३ नम्बरको टिपर र चालक मोरङ बूढीगंगा ७ बस्ने अन्दाजी ३४ वर्षीय हर्कबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP