नेवि संघको ५३ औ स्थापना दिवसको अवसरमा जनता क्याम्पसमा वृक्षरोपण कार्यक्रम सम्पन्न(फोटो फिचर)

बैशाख ६, २०७९

इटहरी / सुनसरीको इटहरी – ५ स्थित जनता बहुमुखी क्याम्पसमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल विध्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुनसरी क्षेत्र नं २(क) का सभापति सुबेक्स्छुक राई, नेबि संघ जिल्ला कार्यबाहक सभापति बुध हाङ लिम्बूको पनि उपस्तिथि रहेको थियो । साथै जनता क्याम्पस प्रमुख, सहायक प्रमुख, प्राध्यापक, संचालक समिती सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनता क्याम्पस नेवि संघ का सभापति सहदेव काफ्लेले बताए ।

कार्यक्रममा बोल्दै काफ्ले ” ५२ औं वर्ष पूरा गरेर ५३ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा नेपाल विध्यार्थी संघ जनता बहुमुखी क्याम्पसले निस्वार्थ पुर्वक वृक्षरोपण गरेर विद्यार्थीले वृक्षको छत्रछायामा बसेर अध्ययन अध्यापन गर्न सकुन भनेर वृक्षरोपण गरिएको हो ।”

वृक्षको हाँगा जसरी फैलन्छ, वृक्षको विकास जसरि हुन्छ, वृक्षले निस्वार्थ रुपामा जसरी हावा, सितलता प्रदान गर्छ त्यसरी नै सघंमा आवद्ध जनता क्याम्पसका विद्यार्थीहरुमा निस्वार्थ पुर्वक लागि पर्नु पर्ने कुरा मा सभापति काफ्लेले जोड दिएका छ्न् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP