विराटनगरमा आगोले जलेर तीन जना घाइते भएका छन् । होटलमा सुतेका बेला आगो लाग्दा तीन जना सामान्य घाइते भएका हुन् । विराटनगरको अस्पताल चोकमा रहेका ५ होटल र पसलमा सोमबार राति आगलागी भएको छ ।
महानगरपालिका–७ मा भएको आगामा परि पाँच वटा होटल र पसलमा मा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । पसल र होटल बन्द रहेका बेला आगलागी भएको हो । आगो राति १२ बजेबाट आगो सुरु भएको थियो ।
प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरेको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP