बझाङमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्पको धक्का महसुस भएको हो ।
जिल्लास्थित सैनापसेला लाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङ सहित छिमेकी जिल्लामा महसुस गरिएको थियो । भूकम्पका कारण के कति क्षति भयो भन्ने विषयमा विवरण भने आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP