माछा मार्न बनाएको बम पड्किँदा दाङमा ५ जना घाइते भएका छन् । लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारीलगायत ५ जना आइतबार बेलुकी घाइते भएका हुन् । असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा बम हातमा नै पड्किएको थियो ।
घाइते उनीहरूलाई उपचारका लागि लमहीतर्फ पठाइएको थियो । एक जना सामान्य घाइते डिस्चार्ज भएका छन् भने ४ जनाको उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP