मोरङको दुई छुट्टाछुट्टै स्थानबाट १९ लाख बराबरको अवैध लत्ताकपडा बरामद

बैशाख ५, २०७९

मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अवैध लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अवैध रूपमा भन्सार छली  चोरी, पैठारी तथा राजश्व चुहावट गरी प्लास्टिकको बोरामा प्याक गरेको अवस्थामा फेला परेको हो । 


फरक फरक समयमा विभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको लगभग १५ लाख मूल्य बरावरको सामान बरामद गरेको छ । दोषीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको हो ।


त्यस्तै विराटनगर-१६ स्थितबाट ४ लाख ९ हजार  बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दोषी माथि कारबाहीको प्रक्रिया अगि बढाइएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP