नेपाल सहकारी वित्तीय संस्था लि. को थप नयाँ शाखा इटहरीमा

बैशाख ५, २०७९

नेपाल सहकारी वित्तीय संस्था लि. ले आफ्नो थप नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटनको क्रममा प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाअध्यक्ष दिबश पोख्रेलले यस सहकारीले यसै गरि सबै नेपाली को विश्वास कायम गर्दै अझै नेपाल भरि धेरै भन्दा धेरै शाखा विस्तार गर्दै जाओस भन्ने शुभकामना प्रदान गरे त्यस्तै सहकारी खोल्नु मात्रै ठुलो कुरा होइन यसलाई दिगो अनि बिस्वशिलो बनाउनु पर्ने त्यस्तै कुरामा पनी जोड दिए।

नेपाल सहकारी वित्तीय सस्थाका केन्द्रिय अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराई को अध्यक्षता मा रहेको उद्घाट कार्यक्रममा बिशेष अतिथि इटहरी उधोग वाणिज्य महासंघ को सदश्य तथा नागरिक सेवा समाज तथा सुनसरीको कार्यबाहक अध्यक्ष इटहरी होटल तथा लजको अध्यक्ष उमेश दाहाल, अतिथिहरुमा नेपाल सहकारी वित्तीय सस्थाका उपाअध्यक्ष रोहित भट्टराई, कोषाध्यक्ष लोकनाथ गौतम ,सदश्य राजन तिवारी ,पोखरा शाखाका संयोजक दिलकुमार श्रेष्ठ , साहित्यकार रमा राधाको कार्यक्रममा उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै लोकनाथ गौतमले अझै शसक्त रुपमा अगाडी बढ्ने प्रतीबद्धता जाएर गरेका हुन् । कार्यक्रम संयोजक नेपाल सहकारी वित्तीय सस्थाका अध्यक्ष डाक्टर तुलसी प्रसाद भट्टराई रहेका थिए । इटहरी शाखाको लागि शाखा अध्यक्ष उदय सुब्बालाई तोकिएको छ। इटहरीमा खोलिएको यो १२ औ शाखा हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP