झापा / झापाको मेचीनगर नगरपालिका ६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो ।
मे ५ प ५६५ नम्बरको स्कुटरमा भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका २ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको थियो ।
यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका ५ का २२ बर्षीय राजेश गुरुङ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् ।
गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP