रौतहटमा बिहे घरमा करेन्ट लागेर एक महिलाको मृत्यु, ७ जना घाइते

बैशाख ४, २०७९

रौतहटमा विवाह हुन लागेको एक घरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहे घरमा गीत गाउने क्रममा माइकमा विद्युत्को करेन्ट प्रवाह भई लाग्दा ३० बर्सिया सम्घरिया देवीको मृत्यु भएको हो ।


दुर्गाभगवती गाउँपालिका-१ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्व सन्ध्यामा शनिवार अबेर गाउँलेहरू भेला भएर नाचगान गरिरहेका थिए । गीत गाउने क्रममा  माइकमा एकाएक करेन्ट प्रवाह हुँदा नरेश राउतकी सम्घरिया देवीलाईसहित ८ जना महिलालाई करेन्ट लागेको थियो । 


सुकदेवचोकस्थित शिव दर्शन अस्पतालमा उपचारको क्रममा देवीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । करेन्ट लागेर घाइते हुनेहरूमा दुर्गाभगवती १ पिपरा बस्ने  सिता देवी राउत बरै, अनिता देवी राउत , मन्तोरिया देवी , मुनि राउत , केवला देवी, शुसिला देवी र हिरिया देवी रहेको प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP