बाँकेका किसान फौजी किराको आतङ्कले त्रसित बनेका छन् । मकै बालीमा फौजी कीराले नोक्सानी गरेपछि किसान समस्यामा परेका हुन् । मकै बाली हुर्कँदै गरेको अवस्थामा फौजी कीराले बालीमा धेरै क्षति पुर्याएको गुनासो आएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । कीराका कारण यस वर्ष मकै उत्पादनमा कमी आउने भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार फौजी कीराको प्रकोपबारे सचेतना जगाइएको भए पनि समयमै यसको रोकथाम गर्न नसकिँदा बाँकेको मकै बालीमा ठुलो क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सकिल अहमदले बाँकेमा फौजी कीराको प्रकोप व्यापक फैलिएको जानकारी दिए । किसानले विषादी प्रयोग गरिरहे पनि नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । वसन्ते मकैमा सुक्खा हुँदा फौजी कीराले बढी नोक्सानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
फौजी कीराका कारण बाँकेको खजुरा, राप्ती सोनारी, डुडुवा र बैजानाथमा किसानले लगाएको मकैमा अधिक क्षति पुगेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP