‘निर्वाचन सार्ने निर्णय घातक हुन्छ’ :प्रमुख निर्वाचन आयुक्त थपलिया

बैशाख ४, २०७९

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन गर्ने भएको छ । स्थानीय तहको निर्वाचन सार्ने वा सार्न सक्ने भनी भ्रम फैलाउने कुनै पनि गतिविधि नगर्न राजनीतिक दलहरूलाई लगातार आयोगले आग्रह गर्दै आएको छ ।


अहिलेको सत्ता गठबन्धनले निर्वाचन सार्न सक्ने भनी प्रमुख प्रतिपक्ष दलले विभिन्न अभिव्यक्ति दिइरहेको समयमा आयोगले नियमित पत्रकार भेटघाटसँगै सार्वजनिक समारोहमा त्यस्तो नगर्न आग्रह गर्दै आएको हो ।


निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूले प्रदेशमा भेला र अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने– ‘निर्वाचन सार्न सक्ने हल्ला ठुलठुला नेताहरूले गरिरहनुभएको छ । यस्तो अफवाह नफैलाउन पनि निर्वाचन सार्ने निर्णय घातक हुन्छ । त्यसैले नसार्न पनि आग्रह गर्दै आएका हौँ ।’


स्थानीय तहको निर्वाचन सार्न सक्ने हल्ला चलिरहेको बेला आयोगले सार्वजनिक सभा समारोह मार्फत सो आग्रह गर्दै आएको बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– ‘निर्वाचन सार्न सक्ने अवस्था छैन ।’


एक साताअघि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आरोप सार्वजनिक रूपमै लगाएका थिए । 


त्यस्तो अफवाह फैलाउन नहुने बताउँदै थपलियाले भने– ‘निर्वाचनको तयारीमा ठुलो धनराशि खर्च भइसकेको छ । यसलाई रोक्ने प्रयास कहीँ कतैबाट भयो भने त्यो दुर्घटना मात्रै हुन्छ । त्यस कारण यसतर्फ नलागौँ ।’ 


आयोगले वैशाख ११ गते हुने मनोनयन पत्रको दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नका लागि आन्तरिक तयारी गरिरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP