पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना मा कोरोना पुष्टि भएको र ८७३ जनाको एन्टीजेन परीक्षणमा कसैमा पुष्टि नभएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५५ जना निको भएका छन् भने हाल देशभर १ हजार ४३८ जना सक्रिय संक्रमित रहेका छन् ।
जम्मा संक्रमीत मध्ये ४१९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार डण्ट पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार २५९ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP