कैलालीमा मोबाइल चोरेको निहुँमा एकको हत्या

बैशाख २, २०७९

कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासलाई मोबाइल चोरेको निहुँमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न मध्येका ४ जनालाई महानगरीय अपराध महाशाखाले रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले यसअघि जानकी गाउँपालिका घर भएका कमल साउदलाई पक्राउ गरेको थियो ।


हत्यामा संलग्न जानकी गाउँपालिका– ९ घर भएका १९ वर्षका मनोज भण्डारी, १९ वर्षका सुमति साउद, बमबहादुर बोहरा उर्फ बमे, र रोनी परियारउर्फ दिलीप दासलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको छ । अर्जुन दास गाउँमै मजदुरी गर्थे । २०७८ पुस ३ मा टाउको काटेर छुट्याएको अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा अर्जुनको शव भेटिएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP