मोरङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बैशाख २, २०७९

मोरङको जहदा गाउँपालिका–७ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।  जहदा–७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गर्दा श्रीमती ३२ वर्षीया पानो टुडुको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार नारायणले मादक पदार्थ सेवन गरेर गत चैत २९ गते पत्नी पानोलाई कुटपिट गरेको खुलेको छ।  

कुटपिटबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा बिहीबार राति ११ बजे मृत्यु भएको हो । मापसे गरेर उत्पन्न विवादपछि घटना भएको प्रहरीले जनाएको छ।  पत्नीको हत्यामा संलग्न नारायण फरार छन्। उनको खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी श्रेष्ठले दिए।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP