धर्मदेवी उपप्रमुखमा लक्ष्मी गिरी बलियो दाबेदार

बैशाख २, २०७९

आउदो स्थानिय तहको निर्वाचनको मिति आउन अब २८ दिन मात्रै बाँकी छ । निर्वाचन मिति नजिकिदै गर्दा आफनो उमेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । राजनितिक दल वा व्यक्तिगत रुपमा वडा सदस्य देखी पालिकाको प्रमुख तथा उपप्रमुखमा आफनो उमेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ भने टिकट कसले पाउँछ भन्ने चर्चा र बहस पनि चलिरहेको छ । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट धर्मदेवी नगरपालिकामा उप मयेरका लागी बलियो उम्मेदवारका रुपमा लक्ष्मी गिरीलाई हेरिएको छ। पार्टीको जिल्ला कमिटि सदस्य समेत रहनु भएकी गिरीलाई उपप्रमुख बनाउनु पर्छ भन्ने आवाज जनमानसमा उठ्न थालेको छ ।

झन्डै दुई दशक देखी विभिन्न सामाजिक संघसंस्थामा काम गरेका थुप्रै अनुभव भएकाले सहज रुपमा धर्मदेवीको विकासका लागि अगाडि बढ्न सक्ने ताकत र आँट आफुमा भएकाले टिकट पाएमा जितेर देखाईदिने उहाँले बताउनुभयो । समाज रुपमान्तरणका लागि फरक ढंगले सोच्न आवश्यक छ । त्यसका लागि मसंग विगतमा काम गरेको अनुभव र क्लियर भिजन छ। धर्मदेवीले पनि सबैको मन जित्न सक्ने सामाजिक व्यक्तिको खोजी गरेको छ । त्यसकारणले पार्टीले मलाई टिकट दिन्छ भन्नेमा म ढुक्क छु । यद्यपी पार्टीले गरेको निर्णयलाई आफुले आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । व्यवस्थीत र समृद्ध धर्मदेवी निर्माणका लागी आफ्नो उम्मेदवारी आवश्यक रहेको उहाँले बताउनुभयो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP