स्वयम्भूमा युवकको शव भेटिएको छ । स्वयम्भूको भगवान् पाउ नजिक जङ्गलमा २५/२६ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवकको अनुहारमा चोट लागेको छ ।
प्रहरीलाई शुक्रवार बिहान सात बजेतिर खबर भएको थियो । खबर पुग्नासाथ कुकुर सहितको प्रहरी घटनास्थल गएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेश मैनाली जानकारी दिए ।
महानगरीय अपराध महाशाखाको फरेन्सिक टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP