धरान–भेडेटार सडक खण्डमा ट्याम्पो दुर्घटना हुँदा १ को मृत्यु, एक घाइते

बैशाख २, २०७९

धरान–भेडेटार सडक खण्डको देवीथान सडक खण्डमा शुक्रवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धरानबाट भेडेटार तर्फ गइरहेको को १ ख ४४८० नम्बर को बसले को २ ह ७०४१ नम्बरको ट्याम्पोलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।


दुर्घटनामा पनि ट्याम्पो चालक धरान १७ का खड्ग कामी घटना स्थलमै मृत्यु भएको छ । साथै ट्याम्पोमा सवार ताप्लेजुङ जिल्लाको लिखु गाउँपालिका २ कि १५ बर्सिया उषा लिम्बु घाइते भएकी छन् । घाइते उषाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP