सुनको मूल्य प्रति तोलामा रु. ५ सय रुपैयाँले वृद्धि

बैशाख २, २०७९

आज तोलामा ५ सय रुपैयाँले बढेर सुन एक लाख २ दुई रुपैयाँमा पुगेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा एक लाख ३ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको अन्तिम दिन आज एक लाख दुई हजार रुपैयाँमा पुगेको हो ।


हिजो नयाँ वर्षका दिन सार्वजनिक बिदा भएकाले सुन चाँदीको भाउ तोकिएन । आज हप्ताको अन्तिम दिन फेरि ५ सय रुपैयाँले भाउ बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको हो । 


यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १४ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । समग्रमा चाँदी यो हप्ता तोलामा ५० रुपैयाँले बढेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP