सुनसरीको कोशी, हरिपुरमा एक युवकको शव फेला 

चैत्र २९, २०७८

सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरमा एक युवकको शव भेटिएको छ । सोमबार साँझ स्थानीय नहरनजिकै पानीमा शङ्कास्पद अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र कार्कीका अनुसार शव अन्दाजी २२–२५ उमेर समूहका युवाको रहेको भए पनि हालसम्म सनाखत भने हुन सकेको छैन ।


हातमा विरोध खोपिएको ट्याटु रहेको बताउँदै उनले युवकको टाउकोमा चोट रहेको कारण हत्या गरेर फालेको हुन सक्ने आशङ्का रहेको उल्लेख गरे । 


शवको सनाखतका लागि फोटो सार्वजनिक गरिएको भन्दै सनाखत भएपछि बाँकी अनुसन्धान सुरु हुने डिएसपी कार्कीले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP