मोरङमा १४ केजी गाँजा सहित १ जना पक्राउ

चैत्र २९, २०७८

मोरङको जहदा गाउँपालिका-१ लंकाटोलबाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३२ बर्षीय मुन्ना मल्लाह रहेका छन् ।

२६ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले  नेपालबाट लुकाई छिपाई भारत तर्फ लाँदै गरेको १४ केजी गाँजा बरामद गरेको हो । 

गाजा सहित पक्राउ परेका मल्लाहलाई ईलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको  छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP