भारतमा केबलकार दुर्घटना हुँदा २ जनाको मृत्यु, उद्धार कार्य जारी

चैत्र २९, २०७८


भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा आइतबार साँझ ५ बजे केबलकार दुर्घटना भएको थियो । दुर्घटनामा  परेका ४८ जनामध्ये हालसम्म ४२ जनाको उद्धार गरिएको छ भने २ जनाको मृत्यु भएको छ । हाल उद्धार कार्य जारी रहेको छ ।


बाँकी फसेका मानिसलाई खाना र पानी ड्रोनमार्फत पुर्‍याइएको सञ्चारमाध्यममा उल्लेख छ । 


भारतको झारखण्ड देवघर त्रिकुट पर्वतमा रामनवमीमा पूजा गर्न र घुम्न सयौँ मानिस गएका थिए । यसै क्रममा रोपवेबाट तल आइरहेको र माथि गइरहेको केबलकारको डब्बा ठोकिएको थियो । सो समय २ दर्जन जति केबलकारका डब्बा रोपवेमा थिए । घटनामा कयौँ मानिसलाई सुरक्षित निकालियो ।


सोमबार दिनभर रोपवेमा फसेका मानिसहरूको उद्धार गरिएको थियो । माथि फसेका मानिसहरूलाई ड्रोनमार्फत खाना र पानी पठाइएको थियो । ट्रलीमा साना बच्चा, पुरुष र केही महिला फसेका छन् । उद्धार कार्य निरन्तर जारी रहेको बिबिसीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP