भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

चैत्र २९, २०७८

आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा सोमबार राति कोणार्क एक्सप्रेस रेलको ठक्करबाट छ जना मानिसको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


दुर्घटनामा परी मृत्यु हुनेहरू गुवाहाटी जाँदै गरेको सुपरफास्ट एक्सप्रेसका यात्रु रहेको प्रहरीले जनाएको छ । प्राविधिक गडबडीका कारण उनीहरूको रेल बटुवा गाउँ नजिकै रोकिएको थियो र उनीहरू सबै तल ट्र्याकमा खसेका थिए ।


अर्कोतर्फबाट आइरहेको कोणार्क एक्सप्रेसले यी ६ जना माथि चढेको थियो ।
सरकारी रेलवे पुलिस (जीआरपी) दुर्घटना स्थलमा पुगेर थप हताहती भएको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ ।


आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले जिल्ला प्रशासनलाई उद्धार कार्यमा जुट्न र घाइतेलाई सहयोग गर्न निर्देशन दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP