वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट धर्मदेवी नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि ३ जनाको नाम सिफारिस गरिएको छ । सोमबार बसेको नगर कमिटीको बैठकमा सहमति नजुटेपछि आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको हो ।
मेयर पदका लागि आकांक्षी नेकपा एमाले प्रदेश सदस्य भिम लिंखा , नगर इन्चार्ज उदय चन्द्र पौडेल र नगर अध्यक्ष सुर्य बहादुर पौडेल रहेका छन्।
उपमेयर पदका लागि आकांक्षी नेकपा एमाले जिल्ला कमिटि सदस्य लक्ष्मी गिरी , जिल्ला कमिटि सदस्य रेनुका गुरुङ र नगर उपाध्यक्ष कविता श्रेष्ठ रहेका छन्।
साथै धर्मदेवी नगरपालिकाका केहि वडामा भने सर्वसम्मत रुपमा उम्मेदवार चयन गरिसकेको छ।
धर्मदेवी नगरपालिका वडा न १ मा जगत कार्की
धर्मदेवी नगरपालिका वडा न २ मा सोम बहादुर जिमि
धर्मदेवी नगरपालिका वडा न ४ मा युबराज खाम्याहाङ्ग
धर्मदेवी नगरपालिका वडा न ७ मा लोकेन्द्र कार्की
धर्मदेवी नगरपालिका वडा न ८ मा गुरु प्रसाद नेपाल
माथिका मध्ये जगत कार्की हालका वडा न १ का वडा अध्यक्ष हुन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP