२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट इटहरीमा एक मात्रै जनप्रतिनिधि बनेका वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । इटहरी १० मा सर्वाधिक मत ल्याएर विजयी बनेका रामनारायण चौधरी एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै सोही पार्टीका इटहरी नगर कमिटी सचिव तथा स्थानीय तहको निर्वाचनमा इटहरी १७ को वडा अध्यक्षका उमेद्धार बनेका प्रभात आचार्य समेत एमालेमा प्रवेश गरेका छन् । उनीहरू सँग अन्य एक सय जना भन्दा धेरै स्थानीय नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराइएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रेवतिरमण भण्डारीले जानकारी दिए ।
उनीहरूलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज लक्ष्मी गौतम, केन्द्रीय सदस्य तैयुव हुसेन,पार्टी प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाई लगायतले स्वागत गरेका थिए ।
जिल्ला अध्यक्ष भण्डारीले देशैभरि एमालेको आकर्षण बढी रहेको भन्दै माओवादी तथा अन्य पार्टीबाट एमालेमा आउन क्रम बढेको बताए । यस्तै चैत ३० गते एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली इनरुवा आएर २ हजार भन्दा माथि विभिन्न पार्टीका कार्यकर्तालाई प्रवेश गराउने तयारी भइरहेको समेत अध्यक्ष भण्डारीले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP