मेलम्ची खानेपानी आयोजनाको दोस्रो पटक उद्घाटन गर्न देउवा सिन्धुपाल्चोक जाने कार्यक्रम

चैत्र २८, २०७८

मेलम्ची खानेपानी आयोजनाको दोस्रो पटक उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलवार सिन्धुपाल्चोकस्थित अम्बाथान पुगेर आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको हो ।


अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजनाको उद्घाटन गरेका थिए । दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने गरी पानी वितरण थालिएकोमा गत असारमा आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुगेपछि मेलम्ची खानेपानी आयोजना प्रभावित भएको थियो ।


बाढीले पुगेको क्षतिका कारण रोकिएको पानी चैत मसान्तभित्रै काठमाडौँमा पुन झार्ने गरी काम सम्पन्न भएको खानेपानी मन्त्री उमाकान्त चौधरीले जनाएका छन् । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौँ झार्ने सरकारको योजना अनुरूप मङ्गलवार मेलम्ची खानेपानी आयोजनाको पुन उद्घाटन गर्न लागिएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP