महोत्तरीमा ९३ किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनीको स्क्वाड टोलीले विशेष सूचनाको आधारमा गाँजासहित ती व्यक्तिलाई पक्राउ गरेको हो ।
जिल्लाको मनरा सिस्वा नगरपालिका– ३ सोनौलस्थित गाउँबाट ना ३ ख ७९३५ नम्बरको ट्रकबाट धादिङको धाक्रेनिवासी ३६ वर्षीय रमेश तामाङलाई सशस्त्रले गाँजा सहित नियन्त्रणमा लिएको हो । उनलाई नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्रको छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी गणेश ठाडामगरले जानकारी दिए ।
पक्राउ परेका उनी माथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP