उदयपुरको कटारीमा श्रीमानद्वारा श्रीमतीको हत्या

चैत्र २८, २०७८

उदयपुरको कटारी नगरपालिका ५ बर्मजियामा घरायसी विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ ।


घरायसी विवादका कारण झगडा हुँदा ३७ बर्सिया नानु खनालको उनकै श्रीमान् पोष्टराज दाहालले शौचालय बसिरहेको अवस्थामा दाउराले हिर्काएर हत्या गरेका इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।


चिर्पट दाउराको प्रहारबाट ३७ बर्सिया नानुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।


प्रहरीले शवलाई कटारी अस्पतालमा पोस्टमार्टमका लागि लगेको छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP