गोली बोकेर जापान उड्न लागेकी तनहुँकी सोविता नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।
भानु नगरपालिका ७ तनहुँकी २७ बर्सिया नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो । लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP