महिलाको पाठेघरमा हुने क्यान्सर सम्बन्धमा नमुना कलेजमा अन्तरक्रिया(फोटो फिचर)

चैत्र २८, २०७८

सोमवार बिहान कल्प नामक महिलाहरूको स्वतन्त्र समूहले इटहरीस्थित इटहरी नमुना कलेजमा पाठेघरको क्यान्सर सम्बन्धमा अन्तरक्रिया गरेको छ । कल्पले सुरु गरेको क्याम्पीयन सी-क्याप कार्यक्रम अन्तर्गत महिलाको पाठेघरमा हुने क्यान्सरको विषयमा विद्यार्थीहरू सँग अन्तरक्रिया गरेको हो । यसको उद्देश्य महिलाको पाठेघरमा हुने क्यान्सरको न्यूनीकरण रहेको छ ।


महिलाको पाठेघरमा हुने क्यान्सरको बारेमा जनचेतनाले समेत क्यान्सरको जटिलता कम गर्न सकिने भएकाले स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको क्याम्पीयन सी-क्यापकी प्रोजेक्ट हेड पूजा कोइरालाले बताइन् ।

कोइरालाका अनुसार क्याम्पसमा ५० बढी विद्यार्थीहरूको उक्त अन्तरक्रियामा भाग लिएको बताइन् ।


कल्पले सुरु गरेको यस अभियानमा लायन्स क्लब अफ इटहरी इनोभेसन, सिक्ने घर लयागत जोडिएका छन् । गत बिहीबार जनता बहुमुखी क्याम्पसमा त्यस्तै कोशी कलेजमा पनि विद्यार्थीहरूसँग महिलाको पाठेघरमा हुने क्यान्सर सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP