भक्तपुरको बिस्का जात्राका क्रममा २० जना बढी घाइते

चैत्र २८, २०७८

भक्तपुरको बिस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् । सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा झैझगडा हुँदा घाइते भएका जानकारी प्राप्त भएको हो ।  जात्राको क्रममा राति पौने नौ बजेबाट ढुङ्गामुढा समेत भएको थियो ।


ढुङ्गामुढापछि २० जना भन्दा बढी घाइते अस्पतालमा उपचारमा आएको,  सामान्यदेखि टाँका लगाउनुपर्ने सम्मका घाइते भएको अस्पतालले जनाएको छ । ६ जना टाँका लगाउनुपर्ने बिरामी आएको अस्पतालले जनाएको छ । 


जात्राको क्रममा सयौँ युवाहरू डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछ । यो क्रममा राति झैँ-झगडा हुने गर्दछ । भक्तपुरको बिस्का जात्रा वैशाख ५ गतेसम्म चल्ने छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP