झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा गए राति ट्रकको ठक्करबाट २९ वर्षीय सम्यम बजगाईँको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ना ६ ख ६४५५ नम्बरको ट्रकले बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक बजगाईँ गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । ट्रक चालक फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP