कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ बर्सिया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान् नारायण थापामगरको हँसियाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए ।
‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयम् उपस्थित भएपछि घटनाबारे थाहा भएको हो,’ डिएसपी जोशीले भने, ‘घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक्षक लोकेन्द्र गुरुको नेतृत्वमा टोली पठाइएको छ ।’
फूमाले प्रहरीलाई बताएअनुसार विगतदेखि नै उनीहरूबिच विवाद हुने गरेको थियो । घटनाको अनुसन्धानबाट मात्र सम्पूर्ण रहस्य खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP