धरानमा एमालेबाट मेयरमा ११ जनाको नाम सिफारिस

चैत्र २७, २०७८

नेकपा एमाले धरानले मेयर पदका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।

एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो ।

वर्तमान उपमेयर मञ्जु भण्डारीसहित ११ जनाको नाम जिल्लामा पठाइएको उनले बताए ।

मेयरमा मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ ।
उपमहानगर कमिटीले जिल्ला कमिटीमा नाम सिफारिस गरेको हो ।
-टाकुरा

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP