इटहरी एमाले : मेयरमा ६, उपमेयरमा ९ जना सिफारिस !

चैत्र २७, २०७८


इटहरी : इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जना र उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ ।

आइतबार बसेको एमाले नगरकमिटी सचिवालय बैठकले जिल्लामा नाम सिफारिस गरेको हो ।

मेयर सिफारिस हुनेमा बहालबाला मेयर चौधरी सहित उपमेयर लक्ष्मी गौतम समेत रहेकी छिन् । त्यसैगरि एमाले उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, प्रमुख दावेदारको रुपमा देखिएका छन् ।

यस्तै, इटहरी उपमहानगरका पुर्व अध्यक्ष रेवतिप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस भएको छ ।

यता उपमेयरमा भने ९ जनाको नाम सिफारिस भएको छ । अम्बिका चौधरी,बिष्णु शर्मा (नेपाल),अमला श्रेष्ठ,अनिता शर्मा,संगीता चौधरी,रामचरण चौधरी,गायत्री चौधरी,रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ ।

मेयर :
यमकुमार सुब्बा
लक्ष्मी गौतम
रामप्रसाद चौलागाईं
बन्नुलाल चौधरी
रेवती प्रसाद घिमिरे
द्वारिकलाल चौधरी

उपमेयर:
अम्बिका चौधरी
बिष्णु शर्मा (नेपाल)
अमला श्रेष्ठ
अनिता शर्मा
संगीता चौधरी
रामचरण चौधरी
गायत्री चौधरी
रुक्मिणी कोइराला
मिथिला पोख्रेल

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP