आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ ।
गत शुक्रवार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइबार प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रवारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP