विराटनगरमा नेकपा एमालेबाट मेयर पदमा पाँच जनाको नाम सिफारिस

चैत्र २७, २०७८

नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा मेयर पदमा पाँच जनाको नाम सिफारिस गरिएको छ । महानगर कमिटीको बैठकले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रिय कार्यालयमा सिफारिस गरेर पठाउने निर्णय भएको अध्यक्ष थापाले जानकारी दिएका छन ।

यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पुर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश १ का पुर्व मन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा ५ जना सिफारिस भएका हुन । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP