इटहरी : कल्प नामक महिलाहरूको स्वतन्त्र समूहले इटहरीस्थित कोशी कलेजमा पाठेघरको क्यासर सम्बन्धमा अन्तरक्रिया गरेको छ । कल्पले सुरु गरेको क्याम्पीयन सी-क्याप कार्यक्रम अन्तर्गत महिलाको पाठेघरमा हुने क्यान्सरको विषयमा विद्यार्थीहरू सँग अन्तरक्रिया गरेको हो ।
पाठेघरमा हुने क्यान्सरको बारेमा जनचेतनाले समेत क्यान्सरको जटिलता कम गर्न सकिने भएकाले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको क्याम्पीयन सी-क्यापकी प्रोजेक्ट हेड पूजा कोइरालाले बताइन् ।
कोइरालाका अनुसार क्याम्पसमा १३५ जना विद्यार्थीहरूको उक्त अन्तरक्रियामा भाग लिएको बताइन् ।
कल्पले सुरु गरेको यस अभियानमा लायन्स क्लब अफ इटहरी इनोभेशन ,सिक्ने घर लयागत जोडिएका छन् । गत बिहीबार जनता बहुमुखी क्याम्पसमा पनि महिलाको पाठेघरमा हुने क्यान्सर सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP