इटहरी गोल्डकप : आर्मीलाई हराउँदै सगरमाथा बिजय !

चैत्र २६, २०७८

इटहरी : बाह्रौं संस्करणको इटहरी इटहरी गोल्डकपको उपाधी सगरमाथा युथक्लबले जितेको छ । त्रिभुवन आर्मी क्लब काठमाडौलाई ट्राईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधी चुमेको हो । खेल अवधीभर दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा गएको थियो ।

बिजेता सगरमाथा युथ क्लबले सात लाख नगदसंगै शिल्ड,प्रमाणपत्र र मेडल प्रदान प्राप्त गरेका थिए । त्यसैगरि, उपबिजेता आर्मी क्लबले ३ लाख ५० हजार नगदसंगै शिल्ड, प्रमाणपत्र र मेडलसंगै ट्राइब्रेकरमा आर्मिका क्रमश : बिकाश खवास, टेकबहादुर बुढाथोकी, बिबेक बस्नेतले ट्राइब्रेकरमा गोल गरेका थिए । तर, गौतम बस्नेत र सन्तोस तामाङले भने गोल गर्न सकेनन् । त्यहीनै सगरमाथाको लागि अवसर बन्यो ।सगरमाथाका ५ जना मध्ये ४ जनाले गोल गरे ।

सगरमाथाका असोक खवास, सत्यम शर्मा, आसिश लामा, मिलन राईले गोल गर्दा गोलरक्षक पिसोले प्रहार गरेको सत भने गोलपोस्ट बाहिर गएको थियो । बाह्रौं संस्करणको खेलको उत्कृष्ट खेलाडी आर्मिका टंक बस्नेत भएका थिए । उनलाई यामाहाको स्कुटी प्रदान गरिएको थियो ।

खेलको उत्कृष्ट खेलाडी आर्मीका बिश्वास चौधरी भए । चौधरीलाई नगद १५ हजार संगै रकम संगै प्रमाणपत्र प्रदान गरिएको थियो । चौधरी संगै उत्कृष्ट गोलरक्षक सगरमाथाका पिसो, उत्कृष्ट रक्षक आर्मिका बिकाश खवास भए ।

त्यसै गरि आर्मीका सन्तोष तामाङ उत्कृष्ट बेस्ट मिडफिल्डर भए । यस्तै बेस्ट फर्वाड सगरमाथा आशिष लामा, बेस्ट कोच सगरमाथाका युविन गुरुङ भएका थिए । उनीहरुसबैलाई नगद १५ हजार संगै पुरस्कृत गरिएको थियो । खेलमा सबै भन्दाबढी ३-३ गोल गरेका दुई जनालाई सम्मान गरियो । जसमा मनाङका अफिज अलावल्ले र सगरमाथाका आवास लामिछाने थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP